अभिनेता पल शाहले आफू दोषी प्रमाणित पुष्टि भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । पीडित एक गायिकाले आफूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गरेपछि पलले यस्तो बताएका हुन् ।
‘अडियो क्लिपमा भनिएअनुसार ‘पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जबर्जस्ती गर्न खोज्यो’ ‘हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो’ साथै ‘घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो’ लगायत विभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु,’ पलले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदी म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।