पाँचथरमा दुई परिवारका नाै जनाकाे हत्या

पाँचथर–  पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ । एक बालिका घाइते भएकी छन् । 

मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेका ससुरा र ज्वाँइका दुई घरका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ।

एउटै गाउँमा नजिकै रहेका ससुराकाे घरका ४ जना र ज्वाँइको घरमा ५ जनाको साेमबार राति काटेर विभत्स हत्या भएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए।

घाइते बालिकाकाे उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाकाे जानकारी पाएपछि प्रहरी घटनास्थलतर्फ लागेकाे जिल्ला प्रहरी कार्यालय, पाँचथरले जानकारी दिएकाे छ । 






  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार ८:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया