एजेन्सी– हङकङकी नेता क्यारी ल्यामले यसअघि विवादमा आएको र हङकङमा ठूला प्रदर्शन निम्त्याएको सुपुर्दगी विधेयकको ‘मृत्यु भएको’ बताएकी छिन् । यो विधेयक आएको खण्डमा अभियुक्तहरुलाई चीनमा सुपुर्दगी गरिने र चीनको प्रभाव बढी हुने भन्दै हङकङमा केही साता यता चर्को विरोध भएको थियो ।
मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै क्यारी लामले सरकारले यो विधेयकमा गरेको काम पूर्ण रुपमा फेलियर भएको बताएकी छिन् ।
तर, उनले प्रदर्शनकारीले माग गरेजस्तो विधेयक खारेज भएको चाहिँ बताइन् ।
यसअघि हङकङमा ठूला प्रदर्शन भएपछि सरकारले यो विधेयक फिर्ता लिएको थियो । ‘विधेयक फिर्ता लिएपछि पनि विभिन्न आशंका गरिए,’ लामले पत्रकार सम्मेलनमा भनिन्, ‘म भन्न चाहन्छु, त्यो योजना छैन, त्यो विधेयकको अन्त्य भयो ।’
यही विधेयकको विरोधमा हङकङमा प्रदर्शनकारीहरु १ जुलाईमा हङकङको संसद भवनमा छिरेर तोडफोडसमेत गरेका थिए ।
लामले पत्रकार सम्मेलनमा यो प्रदर्शनीका क्रममा समातिएका नागरिकलाई छोड्न प्रहरीलाई निर्देशन पनि दिएकी छिन् । प्रदर्शनकारीले चाहिँ अब लामले राजीनामा दिनु नै अन्तिम विकल्प भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।