सेन्ट लरेन्सका कोअर्डिनेटर अधिकारी प्रहरी नियन्त्रणमा

११ कक्षामा पढ्ने छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

यसअघि सेन्ट लरेन्सका विद्यार्थीहरुले छात्रामाथि दुव्र्यवहार गरेको शिक्षकमाथि कारवाहीको माग गर्दै आन्दोलन गरेका थिए । उनले एक छात्रालाई यौन सम्बन्धका लागि दबाब दिएको आरोप विद्यार्थीहरुले लगाएका छन् ।






  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ११:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया